काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यको मत परिणाम सार्बजनिक गरिएको छ ।
मत परिणाम अनुसार अर्थमन्त्री समेत रहेका डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत प्राप्त गरेका छन् । वाग्लेले २६५६ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ ।
त्यसैगरी कानुनमन्त्री समेत रहेकी नेतृ सोबिता गौतमले दोस्रो धेरै मत प्राप्त गरेकी छन् । गौतमले २५९४ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै शिशिर खनालले २४९५, सागर ढकालले २३३३ मत र डा. तोसिमा कार्कीले २२५७ मत प्राप्त गरेका छन् ।