काठमाडौं । सन् २०२६ को विश्वकपमा मेस्सीले लोभ लाग्दो प्रदर्शन गरिरहेका छन् । अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
योसँगै मेस्सीको विश्वकपमा रेकर्ड १९ गोल पुगेको छ । फिफा विश्वकप २०२६ अन्तर्गत आज बिहान जोर्डनसँगको खेलमा मात्र ६० औँ मिनेटमा मैदान छिरेका अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले खेलको ८० औँ मिनेटमा फ्री किकमार्फत गोल प्रहार गरेपछि उनले यो इतिहास रचेका हुन् ।
यो भनेको जारी विश्वकपमा मेस्सीको छैटौँ गोल हो । यसअघि उनले अल्जेरियाविरुद्ध ह्याट्रिक र अस्ट्रियाविरुद्धको खेलमा दुई गोल प्रहार गरेका थिए । यो गोलसँगै मेस्सीको विश्वकपमा रेकर्ड १९ गोल पुगेको हो ।
यसका साथै मेस्सी विश्वकपमा लगातार ७ खेलमा गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् । मेस्सीले २०२६ को सुरुवाती खेलहरू अल्जेरिया, अस्ट्रिया र जोर्डन विरुद्ध लगातार गोल गरेर नयाँ कीर्तिमान बनाएका हुन् ।
सन् २००६ को विश्वकप

लियोनेल मेस्सीले सन् २००६ को विश्वकपमा पहिलो गोल गरेका थिए । समूह चरणमा सर्बिया एण्ड मोन्टेनेग्रोविरुद्ध अर्जेन्टिना ६–० ले विजयी भएको थियो ।
उक्त खेलको ७५औँ मिनेटमा मैदान प्रवेश गरी ८८औँ मिनेटमा गोल गर्दै उनी अर्जेन्टिनाका लागि विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए ।
१८ वर्षका मात्र मेस्सी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । कार्लोस तेभेजको पासलाई नियन्त्रण गर्दै उनले गोलकिपरलाई छक्याएर बल जालीमा पठाए र आफ्नो पहिलो विश्वकप गोल गर्न सफल भए ।
सन् २०१४ को विश्वकप
सन् २०१४ को विश्वकपमा मेस्सीले चार गोल गरेका थिए । उनले बोस्निया–हर्जेगोभिना विरुद्ध ६४औँ मिनेटमा, इरान विरुद्ध ९०औँ मिनेटमा, नाइजेरिया विरुद्ध दोस्रो मिनेटमै गोल गरेका थिए भने नाइजेरिया विरुद्ध पहिलो हाफको इन्जुरी समयमा फ्रिकिक गोल गरेका थिए ।
२०१८ को विश्वकप
२०१८ को विश्वकपमा लियोनेल मेस्सी १ गोलमा सीमित भए । उनले सो समयको विश्वकप खेलमा नाइजेरिया विरुद्ध १४औँ मिनेटमा गोल गरेका थिए ।
२०२२ को विश्वकप
कतारमा भएको २०२२ को विश्वकपमा मेस्सी ७ गोल गर्न सफल भए ।
यो अहिलेसम्म मेस्सीले सबैभन्दा धेरै गोल गरेको विश्वकप बन्यो, यद्यपि २०२६ को खेल खेल्न अझै बाँकी छ र उनले यो रेकर्ड तोड्ने सम्भावना प्रबल रहेको छ ।
उनले २०२२ को खेलमा साउदी अरेबिया, मेक्सिको, अष्ट्रेलिया, नेदरल्यान्ड्स, क्रोएसिया र फ्रान्स विरुद्ध गोल गरेका थिए ।
२०२६ को विश्वकप
जारी २०२६ को विश्वकपमा अहिलेसम्म ६ गोल गरिसकेका छन् । जारी २०२६ को विश्वकपमा मेस्सीले अल्जेरियाविरुद्ध तीन गोल गरे । उनले अल्जेरियाविरुद्ध १७ मिनेटमा पहिलो गोल गरे ।
दोस्रो गोल अल्जेरिया विरुद्ध नै ६० मिनेटमा गरे । तेस्रो गोल पनि अल्जेरिया विरुद्ध ७६ मिनेटमा गरे ।