काठमाडौं । ग्लोबल टेक्नोलोजी कम्पनी जेडटिईले आफ्नो नयाँ गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी ५जी’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
नुबिया नियो सिरिजअन्तर्गतको यो नयाँ स्मार्टफोन विशेषगरी नयाँ पुस्ताका मोबाइल गेमरहरूलाई लक्षित गरी डिजाइन गरिएको हो।
फ्ल्यागशिप स्तरका गेमिङ फिचर, उन्नत कुलिङ प्रणाली तथा शक्तिशाली ब्याट्री क्षमतासहित यस स्मार्टफोनले उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।
हाइ स्पिड र उत्कृष्ट प्रदर्शन चाहने प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको यस फोनमा १.५के १४४ हर्ज गेमिङ डिस्प्ले, ५५० हर्ज नियो ट्रिगर्स ५.०, गेमिंग इण्डस्ट्रिमै पहिलो पटक प्रयोग गरिएको बिल्ट–इन कुलिङ फ्यान, तथा ८० वाट फास्ट चार्जिङसहितको ६,२१० एमएएच डुअल–सेल ब्याट्री उपलब्ध छ।
यी विशेषताले लामो समयसम्म स्मुथ गेम प्ले, प्रभावकारी हिट म्यानेजमेन्ट तथा अविरल गेमिङ अनुभव सुनिश्चित गर्ने कम्पनीको दाबी छ।

लन्चका अवसरमा जेडटिई नेपालका प्रमुख कार्यकारी अधिकृत सबिन श्रेष्ठले नुबिया नियो ५ जीटी ५जी नेपालका बढ्दो मोबाइल गेमर समुदायलाई उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने उद्देश्यले विकास गरिएको बताए।
अत्याधुनिक कुलिङ प्रणाली, छिटो प्रतिक्रिया दिने कन्ट्रोल तथा शक्तिशाली ब्याट्रीका साथ यसले उचित मूल्यमा प्रिमियम गेमिङ अनुभव प्रदान गर्नेमा उनले विश्वास व्यक्त गरे।
त्यसैगरी शंकर ग्रुप तथा जगदम्बा मोबाइल्सका कार्यकारी निर्देशक सक्षम जटियाले गेमिङ स्मार्टफोनको बढ्दो मागलाई ध्यानमा राख्दै यस स्मार्टफोनले नेपाली उपभोक्तालाई नवीन प्रविधि, उच्च प्रदर्शन र उत्कृष्ट मूल्यको संयोजन प्रदान गर्ने बताए।
१२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध नुबिया नियो ५ जीटी ५जी को मूल्य रु. ७७,९९९ निर्धारण गरिएको छ। यो स्मार्टफोन नेपालभर जगदम्बा मोबाइल्स प्रा. लि. मार्फत उपलब्ध हुनेछ भने ग्राहकहरूले ०% ब्याजदरको ईएमआई सुविधा मार्फत पनि यो खरिद गर्न सक्नेछन्।
यसै महिनाको सुरुवातमा जेडटिईले ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टमा ‘नुबिया नियो ५ ५जी’ पनि नेपाली बजारमा सार्वजनिक गरेको थियो, जसको मूल्य रु. ५५,९९९ रहेको छ।
युनिसोक टी९३०० अल्टिमेट चिपसेट, ६.८ इन्चको १२० हट्र्ज डिस्प्ले, ५० मेगापिक्सेल एआई डुअल रियर क्यामेरा तथा ४५ वाट बाइपास चार्जिङसहितको ६,०५० एमएएच ब्याट्री जस्ता विशेषता यसमा रहेका छन्।
जेडटिईले यसअघि रेडम्याजिक ११ प्रो पनि सार्वजनिक गरिसकेको छ। यी स्मार्टफोनहरूको आगमनसँगै जेडटिईले नेपालमा आफ्नो गेमिङ स्मार्टफोन पोर्टफोलियोलाई थप सुदृढ बनाएको छ।