काठमाडौं । प्रतिनिधि सभाबाट सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ‘तेस्रो संशोधन’ विधेयक, २०८३ पारित भएको छ ।
बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पारित गर्न प्रस्तुत गरेको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ‘तेस्रो संशोधन’ विधेयक, २०८३ बहुमतले पारित भएको हो ।
यसअघि अर्थमन्त्री वाग्लेले विधेयकको संशोधनमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै नेपाललाई ग्रे लिस्टबाट छिटोभन्दा छिटो बाहिर निकाल्न यस विधेयकमा हतारमा संशोधन गर्नुपर्ने बताएका थिए ।