काठमाडौं । सर्लाहीमा आत्मदाह प्रयास गरेका युवालाई नाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ।
गोडैता नगरपालिका–१० का विवेक मण्डललाई काठमाडौं ल्याईएको हो ।
३५ वर्षीय मण्डलले शुक्रबार पेट्रोल छर्केर आफैँलाई आगो लगाएका छन् । उनको मानसिक समस्या रहेको आफन्तहरूले प्रहरीलाई बताएका छन्।
मण्डललाई उपचारको लागी कीर्तिपुर स्थित बर्न अस्पतालमा लगिँने भएको छ।