काठमाडौं, भदौ १९ – कोरोना रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन कञ्चनपुरमा निषेधाज्ञालाई १३ दिन बढाइने भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बसेको सुरक्षा समितिको बैठकले भदौ १९ गते राति १२ बजेदेखि भदौ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको छ।
जिल्लाभर लागु हुने गरी बिहान ६ बजेदेखि बेलुका ५ बजेर ३० मिनेटसम्म सेवा, उद्योग व्यापार व्यवसाय तथा यातायात सञ्चालन हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कल्पना भट्टले बताइन्। उनका अनुसार बेलुकी ५ बजेर ३० मिनेटदेखि ६ बजेसम्म अनुमति पाएका र अत्यावश्यक सेवा तथा बस्तुबाहेकका अन्य सबै प्रकारका सेवा उद्योग, व्यापार, व्यवसाय तथा यातायात सेवा सञ्चालन हुने छैनन्।
FACEBOOK COMMENTS