काठमाडौं । एनआईसी एशिया बैंकले दुई विद्यालयलाई सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वीरेन्द्रनगर–८ सुर्खेतस्थित श्री सिद्ध बहिरा बालकको स्कुल र घोराही उप–महानगरपालिका–१८, दाङस्थित श्री आधारभूत विद्यालय गिठेपानीका विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज बनाउँदै सहयोग आवश्यकता भएका गरिब तथा विपन्न विद्यार्थीहरूका लागि विद्यालय पोशाक, झोला र शैक्षिक सामग्री प्रदान गरेको हो ।
फरक क्षमता भएका ११५ जना विद्यार्थीहरू अध्ययनरत रहेको श्री सिद्ध बहिरा बालकको स्कुलमा आषाढ २९ गते एक विशेष कार्यक्रमबीच बैंकका कर्णाली सर्कल हेड जीवन शाहीले उक्त विद्यालयका प्रधानाध्यापक चिन्तामणि कडेललाई विद्यार्थीलाई हस्तान्तरण गर्नेगरी ११५ थान विद्यालय पोशाक प्रदान गरे ।
त्यसैगरी, २७७ भन्दा धेरै विद्यार्थीहरू अध्ययनरत श्री आधारभूत विद्यालय गिठेपानीमा आषाढ ३० गते एक विशेष कार्यक्रमबीच बैंकका घोराही सर्कल हेड विनोद प्रसाद जैसीले उक्त विद्यालयका प्रधानाध्यापक गिरी प्रसाद भट्टराईलाई विद्यार्थीहरूलाई प्रदान गर्नेगरी विद्यालय पोशाक, झोला र विभिन्न शैक्षिक सामग्रीहरू हस्तान्तरण गरे ।
बैंकले सिद्ध बहिरा बालकको स्कुलका विद्यार्थीलाई उपलब्ध गराएको सहयोगले फरक क्षमता भएका विद्यार्थीको पठनपाठनमा अझ धेरै सहजता हुने र श्री आधारभूत विद्यालय गिठेपानीका विद्यार्थीलाई उपलब्ध गराएको सहयोगले उक्त विद्यालयका गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।