काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूको तत्कालको वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ रूपमा सम्बोधन गर्ने उद्देश्यले ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा ल्याएको छ।
बैंकले सार्वजनिक गरेको नयाँ कर्जा योजना अन्तर्गत ग्राहकहरूले आफ्नो सुन तथा सुनका गरगहना धितो राखेर अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। धितो राखिएको सुनको मूल्यांकनका आधारमा बैंकले अधिकतम ७५ प्रतिशतसम्म कर्जा प्रवाह गर्ने जनाएको छ।
बैंकका अनुसार यो सुविधाले ग्राहकहरूको व्यक्तिगत तथा व्यावसायिक दुवै प्रकारका वित्तीय आवश्यकतालाई सहज रूपमा पूरा गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
छिटो, सुरक्षित तथा भरपर्दो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यो सुविधा हालका लागि काठमाडौंस्थित सिद्धार्थ बैंकको न्यूरोड गेट शाखाबाट उपलब्ध रहेको बैंकले जनाएको छ।
यस योजनाबारे थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मा फोन नम्बर ०१–५९७००२० वा इमेल customercare@sbl.com.np मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।