काठमाडौं । ब्रिटिस काउन्सिलले समावेशिता र प्रविधिमार्फत विद्यार्थीहरूलाई बदलिदो विश्व परिवेशमा सक्षम बनाउन कार्यक्रम गर्ने भएको छ ।
दक्षिण एसियाका विभिन्न देशमा शिक्षाको क्षेत्रमा काम गरिरहेका अग्रणी व्यक्तित्वहरूलाई एकै मञ्चमा सहभागी सम्मेलनमा नि:शुल्क रूपमा सहभागी हुने व्यवस्था गरिएको छ ।
ब्रिटिस काउन्सिलले “साउथ एसिया टिचिङ इङलिस अनलाइन कन्फ्रेन्स २०२६” कार्यक्रम आयोजना गरेको हो । सम्मेलन २३–२५ जुलाई २०२६ मा हुँदै छ । सम्मेलनमा दक्षिण एसियाका शिक्षक, अनुसन्धानकर्ता तथा शिक्षा क्षेत्रका विज्ञको सहभागिता रहनेछ ।
दक्षिण एसियाका शैक्षिक प्रणालीले पाठ्यक्रमका अपेक्षा, प्रभावकारी मूल्यांकनको महत्त्व तथा विद्यार्थीको बदलिँदो आवश्यकताबीच सन्तुलन कायम गर्नुपर्ने चुनौतीको पृष्ठभूमिमा सम्मेलन गर्न लागिएको हो ।
शैक्षिक र प्राज्ञिक तथा व्यावसायिक अवसरमा अंग्रेजी भाषा पहुँचको महत्त्वपूर्ण माध्यम भए पनि शिक्षा क्षेत्रमा क्रियाशील व्यक्ति र संस्थाहरू भाषाको सिकाइमा मात्र सीमित नभई आलोचनात्मक सोच, आपसी सहकार्य, विद्यार्थीको स्व:क्षमता (एजेन्सी) र सहभागिता तथा सिकाइप्रतिको स्वामित्व विकास गर्ने शैक्षिक पद्धतिलाई अपनाउनेतर्फ अग्रसर छन् ।