काठमाडाैं । नेपालको अटोमोबाइल बजारमा एमजी ब्रान्डले विशेषगरी ईभीको क्षेत्र स्थापित गरेको छ ।
बेलायती विरासत र अत्याधुनिक प्रविधिको सम्मिश्रण मानिने एमजीका गाडीहरू आफ्नो प्रिमियम लुक, उच्च सुरक्षा र किफायती मूल्यका कारण नेपाली ग्राहकबिच निकै लोकप्रिय छन्।
नेपालमा एमजी गाडीहरूको आधिकारिक आयातकर्ता तथा वितरक प्यारामउन्ट मोटर्स प्रा. लि. हो। काठमाडौँको नक्सालमा मुख्य सोरुम रहेको प्यारामउन्ट मोटर्सले देशभरका प्रमुख सहरहरूमा चार्जिङ स्टेसन, ३–एस सेन्टर र बिक्रीपछिको सर्भिस सञ्जाल विस्तार गरेको छ।
नेपालमा एमजीका कम्प्याक्ट तथा सिटी ईभी, विद्युतीय एसयूभी र ह्याचब्याक, प्रिमियम र फ्ल्यागसिप ईभी र इन्धनका गाडीहरू उपलब्ध रहेका छन्।
कम्प्याक्ट तथा सिटी ईभी
कमेट इभी
कम्प्याक्ट तथा सिटी ईभीमा एमजीको कमेट इभी पर्छ। सहरी क्षेत्रका लागि डिजाइन गरिएको यसमा तपाईँले सानो टु–डोर डिजाइन, १७.३ किलोवाट आवर ब्याट्री, २३० किमीसम्मको रेन्ज, १०.२५–इन्चको डुअल स्क्रिन, किलेस इन्ट्री, डुअल एयरब्याग र रिभर्स क्यामेरा जस्ता फिचरहरू पाउनुहुनेछ।
यसको मूल्य १८ लाख ७५ हजार देखि २१ लाख ५० हजार सम्म पर्छ।
एमजीको विद्युतीय एसयूभी र ह्याचब्याक अन्तर्गत एमजी ४ इभी, एमजी जेटएस इभी, एमजी एस५ इभी जस्ता मोडलहरू तपाईँका लागि नेपाली बजारमा उपलब्ध रहेका छन्।
एमजी ४ इभी
यसमा रियर–ह्विल ड्राइभ सेटअप, स्पोर्टी र फ्युचरिस्टिक डिजाइन, ५१ किलोवाट आवर देखि ६४ किलोवाट आवर सम्मको ब्याट्री विकल्प, लेभल–२ सुरक्षा प्रणाली, १०.२५–इन्च टचस्क्रिन र ५-स्टार सुरक्षा रेटिङ समेत यस गाडीले पाएको छ। यो गाडी तपाईँले पाँच वटा कलरमा पाउन सक्नुहुनेछ।
एमजी ४ इभी कम्फर्टको मूल्य ४१ लाख ४९ हजार पर्छ भने लक्जरी डिलक्सको ४९ लाख ९९ हजार सम्म पर्छ।
जेटएस इभी
नेपालमा एमजीलाई स्थापित गराउने ईभीको रूपमा जेटएस इभीलाई मानिन्छ।
यसमा ५१ किलोवाट आवर र ७२.६ किलोवाट आवर ब्याट्री विकल्प, प्यानोरामिक सनरुफ, १०.१–इन्च टचस्क्रिन, ३६०–डिग्री क्यामेरा र उत्कृष्ट ग्राउन्ड क्लियरेन्स जस्ता फिचरहरू पाउन सकिन्छ।
यसको मूल्य ४८ लाख ४९ हजार देखि ५२ लाख ९९ हजार सम्म पर्छ।
एमजी एस५ इभी
नेपालमा कम्फर्ट र डिलक्स गरी दुई भेरियन्टमा एस५ उपलब्ध रहेको छ। एमजी एस५ इभीले क्रमशः ४९ किलोवाट आवर र ६२ किलोवाट आवरको ब्याट्री क्षमता प्रदान गर्दछ।
यसमा रियर–ह्विल ड्राइभ (पछाडिको चक्काबाट ड्राइभ हुने), इन्डिपेन्डेन्ट सस्पेन्सन, विश्वकै सबैभन्दा पातलो ब्याट्री, र प्यो इलेक्ट्रिक भेहिकल प्लेटफर्म रहेका छन्।
इन्फोटेनमेन्ट सिस्टम, उच्च सेफ्टी प्याकेज र आरामदायी सिटिङले गाडीलाई थप आकर्षक बनाएको छ। यसको मूल्य ४३ लाख ९९ हजार देखि ५५ लाख ९९ हजार सम्म पर्छ।
प्रिमियम र लक्जरी ईभीमा एमजी मोटर्सका एस६ इभी, आइएम६ इभी, एमजी साइबरस्टर जस्ता मोडलहरू नेपाली बजारमा उपलब्ध रहेका छन्।
एस६ इभी
यसमा ७७ पध्ज ब्याट्री, ५३० किमीसम्मको दायरा, १४४ किलोवाट मोटर, ७ वटा एयरब्याग, ६७४ लिटरको विशाल बुट स्पेस, १९–इन्च अलोय ह्विल र प्रिमियम फिचरहरू रहेका छन्। यसको मूल्य ७१ लाख ९९ हजार पर्छ।
एमजी आइएम६ इभी
यो एमजीको अत्याधुनिक र सुपर–लक्जरी एसयूभी इभी हो। यसमा लङ–रेन्ज ब्याट्री, हाइ–टेक स्मार्ट ककपिट, अटोमेटेड ड्राइभिङ प्रविधि र लक्जरी राइड पाउन सकिन्छ।
यसको मूल्य भेरियन्ट अनुसार ७४ लाख ९९ हजार देखि ८१ लाख ९९ हजार सम्म पर्छ।
एमजी साइबरस्टर
एमजीको फ्ल्यागसिप अल–इलेक्ट्रिक स्पोर्ट्स कारको रूपमा एमजी साइबरस्टर उपलब्ध छ।
यसमा सिजर दोर्स (माथि उघ्रिने ढोका), ३ सेकेन्डभन्दा कममा १०० किमी/घण्टाको गति, आकर्षक कन्भर्टिबल (खुलिने छत) डिजाइन जस्ता फिचरहरू रहेका छन्। यसको मूल्य १ करोड ६८ लाख पर्छ।
त्यसैगरी एमजीको एमजी एस्टर, एमजी हेक्टर, एमजी एचएस जस्ता पेट्रोलियम गाडीहरू पनि निकै नै लोकप्रिय छन्।
एमजी एस्टर
१.५ लिटर पेट्रोल इन्जिन, गाडीभित्रै पर्सनल एआई असिस्टेन्ट, प्यानोरामिक सनरुफ र लेभल–२ एडएएस प्रविधि जस्ता फिचरहरू यसमा उपलब्ध रहेका छन्। एस्टरको मूल्य ४८ लाख ४९ हजार सम्म पर्छ।
एमजी हेक्टर
हेक्टरमा १.४५ लिटर टर्बो पेट्रोल इन्जिन, १४–इन्चको ठूलो एचडी टचस्क्रिन इन्फोटेनमेन्ट, भ्वाइस कमान्ड, प्यानोरामिक सनरुफ र ठूलो क्याबिन पाइन्छ। यसको मूल्य ६१ लाख ४९ हजार पर्छ।
एमजी एचएस
एचएसमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन, ७–स्पीड अटोमेटिक गेयरबक्स, स्पोर्टी लेदर सिट, ३६०–डिग्री क्यामेरा र प्रिमियम लक्जरी फिनिसिङहरू पाउन सकिन्छ। यसको मूल्य ८६ लाख पर्छ।
सबै मोडलहरूमा आधुनिक टचस्क्रिन, कनेक्टेड फिचर, एडएएस र उच्च सेफ्टी रेटिङका कारण एमजी ग्राहकको रोजाइमा पर्दै गएको छ। एमजीको आधिकारिक विक्रेता प्यारामउन्ट मोटर्सले राजमार्ग तथा प्रमुख शहरहरूमा चार्जिङ स्टेसन बनाएकाले लामो यात्रामा पनि चार्जिङको ठूलो समस्या झेल्नु पर्दैन, त्यसैले तपाईँ लङ ड्राइभमा ढुक्कसँग जान सक्नुहुन्छ।