काठमाडौं । साप्सु कालिका हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावलाई निरन्तरता दिने भएको छ ।
कम्पनीले आईपीओ निष्कासनको प्रस्तावलाई निरन्तरता दिन नवौँ वार्षिक साधारण सभा डाकेको छ ।
साउन १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ ९ गते काठमाण्डौको महाराजगञ्जमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान १० बजेदेखि सभा शुरु गर्ने निर्णय गरेको हो ।
उक्त सभामा आईपीओ निष्कासनको प्रस्तावलाई निरन्तरता दिने र सेयर निष्कासन सम्बन्धमा गर्नुपर्ने आवश्यक परिमामर्जन गरी धितोपत्र बोर्डमा दर्ता गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै आईपीओ निष्कासनबाट प्राप्त रकमको उपयोग गर्ने र कम्पनी गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरिनेछ । यस्तै गत आवको वार्षिक प्रतिवेदन समेत पारित गरिनेछ ।