नेपाली बजारमा शुक्रबार पनि सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ।
लगातार मूल्य बढ्दै जाँदा पछिल्लो तीन कारोबार दिनमै सुनको मूल्य प्रतितोला १३ हजार रुपैयाँले महँगिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसअघि बिहीबार सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँ र बुधबार ४ हजार २०० रुपैयाँले बढेको थियो। यो सँगैपछिल्लो तीन कारोबार दिनमै सुनको मूल्य प्रतितोला १३ हजार एक सय रुपैयाँले उकालो लागेको हो।
यस्तै, चाँदीको मूल्य पनि शुक्रबार प्रतितोला १० रुपैयाँले बढेको वृद्धि भएको छ। बिहीबार ४ हजार ५७० रुपैयाँमा खरिदबिक्री भएको चाँदी शुक्रबार ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार २६८ अमेरिकी डलर मा कारोबार भइरहेको छ।