सुनको मूल्य फेरि तीन लाख माथि उक्लियो, कतिमा हुँदैछ कारोबार?
कर्पोरट खबर
11:11 am, आइतबार, साउन २४, २०८३
- आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले बढेको छ।
- सोही दिन चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले वृद्धि भएको छ।
काठमाडौं । आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य ह्वातै बढेको छ।
आजकाे बजारमा सुनको मूल्य तोलाको ४ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलाको ६५ रुपैयाँ बढेको छ ।
नेपाल–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। गत हप्ताको शुक्रबार बजारमा सुनको मूल्य २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आजको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ६४५ रुपैयाँमा कारोबार भएको छ। गत हप्ताको शुक्रबार चाँदी तोलाको ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो ।