काठमाडौं । नेपालको पहिलो निर्जीवन लघु बीमा कम्पनीको रूपमा स्थापित नेपाल माइक्रो इन्स्योरेन्सले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
कम्पनीले आफ्नो केन्द्रीय कार्यालय भरतपुर, चितवन तथा काठमाडौं र विभिन्न प्रादेशिक कार्यालयहरूका लागि योग्य, गतिशील र परिणाममुखी नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो ।
विज्ञापन अनुसार मुख्य मार्केटिङ अधिकृत (सीएमओ) र मुख्य वित्तीय अधिकृत (सीएफओ) का लागि एक-एक जना, ५ जना प्रदेश प्रमुख (मार्केटिङ), केही संख्यामा मार्केटिङ स्टाफ (सहायकदेखि अधिकृत तह) र आईटी विभागका लागि एक जना सहायक पदमा आवेदन माग गरिएको छ ।
यी पदहरूका लागि सम्बन्धित विषयमा आवश्यक शैक्षिक योग्यता हुनुका साथै बीमा, बैंकिङ वा वित्तीय क्षेत्रमा कार्य अनुभव भएका उम्मेदवारहरूलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।
मार्केटिङ स्टाफ पदको हकमा भने भर्खरै स्नातक तह उत्तीर्ण गरेकाहरूले पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । आवेदकहरूमा नेपाली र अंग्रेजी दुवै भाषामा उत्कृष्ट सञ्चार सीप, नेतृत्व क्षमता, टिममा काम गर्न सक्ने खुबी र कम्प्युटरको राम्रो ज्ञान हुनुपर्नेछ ।
इच्छुक र योग्य उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको १५ दिनभित्र आफ्नो विस्तृत बायोडाटा (सीभी), कभर लेटर, हालै खिचिएको फोटो र अन्य आवश्यक कागजातहरू कम्पनीको आधिकारिक इमेल hr@nepalmicro.com मा पठाउनुपर्नेछ ।
प्राप्त आवेदनहरूमध्येबाट सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई मात्र आगामी छनोट प्रक्रियाका लागि बोलाइने सूचनामा उल्लेख छ ।