काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन गरेको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न गरेको छ ।
अभियानअन्तर्गत लक्की ड्रबाट छनोट भएका तीन जना भाग्यशाली विजेतालाई शुक्रबार काठमाडौंको कलंकीस्थित भाटभटेनी सुपरमार्केट परिसरमा सुनको बल हस्तान्तरण गरिएको हो ।
अभियानका पहिलो विजेता प्रमेश केसी, दोस्रो विजेता तिप्सिका राणा र तेस्रो विजेता सबिना थापाले जनही ३.५ तोला सुनको गोल्डेन बल प्राप्त गरेका छन् ।
कम्पनीका अनुसार अभियानमा देशभरबाट १ लाख २० हजारभन्दा बढी उपभोक्ता सहभागी भएका थिए । एक्सट्रिम इनर्जी ड्रिंकको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी उपभोक्ताले लक्की ड्रमा सहभागिता जनाएका थिए ।
यसै अवसरमा एक्सट्रिम इनर्जी ड्रिंक र भाटभटेनी सुपरमार्केटको सहकार्यमा सञ्चालन गरिएको विशेष बाइक उपहार योजनाको लक्की ड्रको नतिजासमेत सार्वजनिक गरिएको छ । योजनाअन्तर्गत समिर चन्द्र शर्मा पौडेल विजेता घोषित भएका छन् ।
अभियान सम्पन्न भएको अवसरमा विजेताहरूले कम्पनीको अभियानप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता उपभोक्तामुखी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए ।
कम्पनीले आगामी दिनमा पनि प्रविधिमा आधारित तथा उपभोक्ता सहभागितामूलक अभियानलाई निरन्तरता दिने जनाएको छ ।