काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आफ्ना विभिन्न विषयगत समितिहरूलाई पूर्णता दिने क्रमलाई निरन्तरता दिएको छ ।
यसै क्रममा संघको ‘कर तथा राजश्व समिति’ गठन गरी मनोनीत पदाधिकारी तथा सदस्यहरूलाई आइतबार आयोजित एक विशेष कार्यक्रमका बीच मनोनयन पत्र प्रदान गरिएको छ ।
संघका अध्यक्ष रमानाथ श्रेष्ठले विधानको व्यवस्था बमोजिम समितिका सभापति, पदाधिकारी तथा सदस्यहरूलाई मनोनीत गरेका हुन् । नवगठित कर तथा राजश्व समितिको सभापतिमा नरेश कुमार अग्रवाल छन् । उनी नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका कार्यसमिति सदस्य तथा नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका वरिष्ठ उपाध्यक्षसमेत हुन् ।
समितिको सदस्यहरुमा गणेश प्रसाद तिमल्सिना (महासचिव, नेपाल वितरक संघ), भीमप्रसाद शर्मा (अध्यक्ष, विशाल बजार व्यापार संघ), सूर्य रत्न बज्राचार्य (काठमाडौँ सुनचाँदी व्यवसायी संघ), शिवलाल न्यौपाने (नयाँ बानेश्वर व्यापार व्यवसायी संघ), बोलाराम पाण्डे (नेपाल भन्सार एजेन्ट संघ काठमाडौँ), विश्वेश्वर आचार्य (उपाध्यक्ष, मदिरा व्यवसायी संघ काठमाडौँ) र नन्दीकेशर रिजाल (नेपाल कस्मेटिक व्यवसायी संघ) छन् ।