काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा २ सय रुपैयाँको गिरावट आएको छ ।
सोमबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।
आइतबार ३ लाख १ हजार ७ सय रुपैयाँमा सुन कारोबार भएको थियो ।
सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँ कायम भएको छ ।
आइतबार प्रतितोला ४ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार २५ रुपैयाँले बढेको हो ।