काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडबीच साउन २५ गते साँझ ५ बजे आपसमा मर्ज हुने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको फस्र्ट माइक्रोफाइनान्स लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपा–१३, साँगामा केन्द्रीय कार्यालय रहेको महिला लघुवित्त बीच एकआपसमा गाभ्ने/गाभिने सम्बन्धमा दुई पक्षीय प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।