काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ६ हजार ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुनको मूल्य तोलामा ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ४ हजार ७८० रुपैयाँ तोकिएको छ । यसअघि चाँदी सोमबार तोलामा ४ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो ।