काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको संचालकमा बोधराज देवकोटा नियुक्त भएका छन् ।
कम्पनीको साउन २६ गते बसेको २३२ औँ संचालक समितिको बैठकले उनलाई संचालक नियुक्त गर्ने निर्णय गरेको हो ।
देवकोटोलाई संचालक समितिको रिक्त रहन आएको पदमा प्रतिनिधित्व गर्नेगरी जिम्मेवारी दिएको कम्पनीले सूचना मार्फत जानकारी दिएको छ ।
