काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षमा नेपालभूषण श्रेष्ठ चयन भएका छन्।
संस्थाको १९४औँ सञ्चालक समिति बैठकले श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।
संस्थाका ज्येष्ठ सञ्चालक ज्ञानुकृष्ण अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्राइम कमर्सियल बैंकका प्रतिनिधि श्रेष्ठलाई सञ्चालक समिति अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको जनाएको छ।
श्रेष्ठले नेपाल राष्ट्र बैंकबाट शपथ ग्रहण गरेपछि औपचारिक रूपमा अध्यक्षको पदभार सम्हाल्नेछन्।
त्यस्तै, सोही बैठकमा ग्लोबल आइएमई बैंकको प्रतिनिधित्व गर्दै सुमन पोखरेललाई सञ्चालक समिति सदस्यका रूपमा पठाइएको संस्थाले जनाएको छ। पोखरेल ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत हुन्।
मेरोमाइक्रोफाइनान्सका संस्थापक सेयरधनीमध्ये रहेको ग्लोबल आइएमई बैंकले आफ्नो प्रतिनिधिका रूपमा पोखरेललाई सञ्चालक समितिमा पठाएको हो।