काठमाडौं । वैद्यज अर्गनाइजेशनले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटको नयाँ क्रसओभर मोटरसाइकल एक्स४७ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
नेपालका लागि अल्ट्राभायोलेटको आधिकारिक वितरक वैद्यज अर्गनाइजेशनले सार्वजनिक गरेको एक्स४७ को मूल्य ६ लाख ८४ हजार ९०० रुपैयाँ तोकेको छ ।
क्रसओभर डिजाइन, आधुनिक प्रविधि र उच्च प्रदर्शनलाई संयोजन गरिएको यो मोटरसाइकलले नेपाली इलेक्ट्रिक मोटरसाइकल बजारमा नयाँ विकल्प थप्ने कम्पनीको विश्वास छ ।
अल्ट्राभायोलेट एक्स४७ दैनिक आवागमन, रोमाञ्चक यात्रा तथा एड्भेन्चर राइडिङमा रुचि राख्ने राइडरलाई लक्षित गरी विकास गरिएको कम्पनीले जनाएको छ ।
वैद्यज अर्गनाइजेशनले यसअघि नै नेपाली बजारमा अल्ट्राभायोलेटको एफ–७७ ओरिजिनल र एफ–७७ रिकन मोडलको बुकिङ खुलाइसकेको छ । एफ–७७ ओरिजिनलको सुरुआती मूल्य ८ लाख ११ हजार रुपैयाँ र एफ–७७ रिकनको मूल्य नौ लाख ६९ हजार रुपैयाँ तोकिएको थियो ।
एफ–७७ मा १०.३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा ३२३ किलोमिटर आईडीसी रेन्ज प्रदान गर्छ । यसमा ३० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ, जसले अधिकतम १०० एनएम टर्क उत्पादन गर्छ ।
प्रदर्शनका हिसाबले एफ–७७ ले ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति २.८ सेकेन्डमै हासिल गर्न सक्ने कम्पनीले जनाएको छ । यसको अधिकतम गति १५५ किलोमिटर प्रतिघण्टा छ । ३९ लेभलको ट्र्याक्सन कन्ट्रोल सिस्टमले विभिन्न सडक तथा राइडिङ परिस्थितिमा बाइकको पकड र स्थिरता कायम राख्न सहयोग गर्ने कम्पनीको दाबी छ ।
नाइमा मोबिलिटी एक्स्पोको अवसरमा एफ–७७ को मूल्य १० लाख ५० हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार यो एक्स्पो अवधिका लागि विशेष मूल्य हो र एक्स्पोपछि मोटरसाइकलको मूल्य वृद्धि हुनेछ ।
एक्स४७ को सार्वजनिकसँगै अल्ट्राभायोलेटले नेपाली बजारमा आफ्नो इलेक्ट्रिक मोटरसाइकल पोर्टफोलियोलाई थप विस्तार गरेको छ । कम्पनीले नयाँ मोडलमार्फत दैनिक प्रयोगदेखि लामो दूरी तथा रोमाञ्चक राइडिङसम्मका लागि उच्च प्रदर्शन, प्रविधि र डिजाइनको संयोजन प्रस्तुत गर्ने लक्ष्य राखेको छ ।