काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा भारी वृद्धि भएको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढेको हो । यसअघि बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधबार ४ हजार ५ सय ९५ रुपैयाँ थियो । बुधबारको तुलनामा बिहीबार चाँदीको मूल्य २६० रुपैयाँले बढेको हो ।