काठमाडौं । नेपाल इन्भेष्मेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ज्योति प्रकाश पाण्डे रिहा भएका छन् ।
उनी जिल्ला अदालत काठमाडौंमा ८० लाख रुपैयाँ धरौटीबापत बैंक ग्यारेन्टी राखेर रिहा भएका हुन् ।
स्मार्ट टेलिकम प्रकरणमा पाण्डेलाई ८० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।