काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज अपराह्न १: १५ बजेदेखि शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा अर्थ मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।
त्यस्तै आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपाल न्याय विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव सभामा पेश गर्ने कार्यसूची रहेको छ ।