काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी नगर्ने स्पष्ट पारेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व संवाद’ कार्यक्रममा उनले आफूले नोटबन्दी गर्नेबारे अहिले नसोचेको बताएका हुन् ।
छलफलमा सहभागीले ‘नोटबन्दी किन नगर्ने’ भनी सोधेको प्रश्नको जवाफमा सरकारको धारणा स्पष्ट पार्दै अर्थमन्त्रीले भने ‘नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ। तर, अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन। नोटबन्दीबारे हामीले सोचेका छैनौँ।’
त्यसको अभ्यास गरेका अन्य देशहरूमा पनि नोटबन्दीको सफलता राम्रो नदेखिएको तर्क अर्थमन्त्रीको छ। नेपालमा पछिल्लो समय एक हजार रुपैयाँको नोटमा नोटबन्दी गर्नुपर्ने चर्चा हुँदै आइरहेको छ।