काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न छुट भएका सदस्यका लागि पाँच दिनको समय थप गरेको छ ।
कांग्रेसका सभापति गगन थापाको समुपस्थितिमा पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आइतबार बसेको समितिको बैठकले पाँच दिनको समय थपेको हो ।
पार्टीको बृहत्तर हित, एकता तथा कार्यकर्ताको अनुरोधलाई ध्यानमा राख्दै नवीकरण र अद्यावधिक गर्न छुट भएका क्रियाशील सदस्यले २०८३ भाद्र १५ गतेदेखि १९ गतेसम्म आफ्नो सदस्यता नवीकरण तथा अद्यावधिक गर्न सक्ने गरी समयावधि कायम गरिएको कांग्रेसले जनाएको छ ।
बैठकले छुट भएका क्रियाशील सदस्यलाई तोकिएको अवधिभित्रै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न आग्रह गरेको छ ।