काठमाडौं । आरएसडीसी लघुवित्तले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा रु. ५लाख सहयोग प्रदान गरेको छ ।
साथै संस्थाले प्रकोपले रसुवा लगायत आसपासका जिल्लाहरुमा मानवीय तथा भौतिक संरचनामा ठुलो क्षति हुन गएकोमा दु:ख व्यक्त गरेको छ ।
देशमा आईपरेको यस विषम् पस्थितिका कारण ज्यान गुमाउने नागरिकहरु प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै वित्तीय संस्थाको तर्फबाट परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
‘यस प्राकृतिक प्रकोपका कारण सम्पर्क विहिन हुनुभएका सर्वसाधारण, बैंक तथा वित्तीय संस्था लगायत विभिन्न संघ–संस्थामा कार्यरत कर्मचारी र तिनका परिवारजनले व्यहोर्नु परेको पिडाप्रति यस वित्तीय संस्था गहिरो सहानुभूति प्रकट गर्दछ ।’, विज्ञप्तिमा उल्लेख छ ।