काठमाडौं । सानिमा बैंकले २२औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।
गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित गरेको बैंकले प्रस्तावित लाभांश पारित गर्ने एजेण्डासहित वार्षिक साधारणसभा आह्वान गरेको हो ।
बैंकको सञ्चालक समितिले आगामी असोज १२ गते सोमबार काठमाडौँको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा २२औं साधारणसभा आह्वान गरेको जनाएको छ ।
बैंकको सधारणसभाले करसहित १० प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्नुका साथै अग्राधिकार सेयरधनीहरुलाई ८.२५ प्रतिशत समानुपातिक नगद लाभांश विनरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
लाभांश र साधारण सभा प्रयोजनका लागि बैंकले असोज १ गते ‘बुकक्लोज’ गर्ने निर्णय गरेको छ । भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार गरी कायम रहेका सेयरधनीहरु मात्र लाभांश प्राप्त गर्नेछन् भने सधारणसभामा सहभागी हुन योग्य हुनेछन्।