काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेको हो । सोमबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।
यसअघि सोमबार चाँदीको मूल्य ४ हजार ६ सय ९० रुपैयाँ थियो । सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य १०० रुपैयाँले बढेको हो ।