काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठ ‘एसियन प्रोफेसनल एचिभमेण्ट अवार्ड’बाट सम्मानित हुनुभएको छ ।
सिजन मिडियाद्वारा आइतबार आयोजित अवार्ड वितरण समारोहमा श्रेष्ठलाई ‘कर्पोरेट एक्सिलेन्स लिडरसीप अवार्ड’बाट सम्मान गरिएको हो ।
उहाँलाई गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपालका लागि बंगलादेशका राजदूत तथा सिजन मिडियाका अध्यक्ष प्रदीप राज वन्तले संयुक्त रूपमा सम्मान गर्नुभएको थियो ।
श्रेष्ठले साल्ट ट्रेडिङ कर्पोरेशनको नेतृत्व गर्दै संस्थागत विकास, व्यवस्थापकीय उत्कृष्टता तथा व्यावसायिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप उक्त अवार्ड प्रदान गरिएको हो ।