एसियाली खेलकुदका लागि नेपालको क्रिकेट टोली घोषणा
कर्पोरट खबर
7:52 pm, आइतबार, भदौ २८, २०८३
- नेपाल ओलम्पिक कमिटीले असोजमा जापानमा हुने २०औँ एसियाली खेलकुदका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय पुरुष क्रिकेट टोली घोषणा गरेको छ।
- टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल रहेका छन्।
काठमाडौ । जापानमा आगामी असोजमा हुने २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।
नेपाल ओलम्पिक कमिटीले आज दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीका अन्य सदस्यमा रोहितकुमार पौडेल, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, लोकेश बम, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्शनकुमार झा, कुशल मल्ल, नन्दन यादव, ललितनारायण राजवंशी र शेर मल्लले रहेका छन् । टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल रहेका छन् ।