काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।
सङ्घीय संसद सचिवालयका अनुसार आज राष्ट्रिय सभाको बैठक दिउसो १:१५ बजेदेखि बस्दैछ ।
आजको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउनेछन् भने कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।
त्यस्तै आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को वार्षिक प्रतिवेदनहरू सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ भने सांसद मदन कुमारी शाह (गरिमा) ले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानून निर्माण सम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।