काठमाडौं । सोमबार छापावाल सुन प्रतितोला एक हजार ३सय रुपैयाँले घटेको छ। सुनको मूल्य प्रतितोला तीन लाख तीन हजार ९सय रुपैयाँ कायम भएको छ।
चाँदी प्रतितोला दश रुपैयाँ बढेर चार हजार ८०५ रुपैयाँ पुगेको छ।
सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँ घटेर ३ लाख ३ हजार ९०० रुपैयाँ कायम भएको छ।
आइतबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। आइतबारको तुलनामा सोमबार सुन प्रतितोला १ हजार ३०० रुपैयाँ सस्तिएको हो।
चाँदीको मूल्य भने बढेको छ। आइतबार प्रतितोला ४ हजार ७९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १० रुपैयाँ बढेर ४ हजार ८०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।