काठमाडौं । कोत्रिपुरेश्वरमा बस आगलागीमा परी घाइते भएका बसका चालक २५ वर्षीय दावा लामाको शरीरको ९० प्रतिशत भाग जलेको छ ।
कीर्तिपुर बर्न अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख एवं सिनियर कन्सल्टेन्ट प्लास्टिक सर्जन डा.विशाल कार्कीका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको र अवस्था गम्भीर रहेको छ ।
उनले आफ्नै बसमा किन आगो लगाए भन्ने यकिन कारण भने खुलिसकेको छैन। यद्यपि, ट्राफिक प्रहरीसँगको विवादका कारण आक्रोशित भएर उनले यस्तो कदम चालेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख, एसएसपी दिलीप घिमिरेले घटना भर्खरै भएकोले यसबारे विस्तृत अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको जानकारी दिएका छन्।