काठमाडौं । सोमबार त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा गम्भीर घाइते भएका २५ वर्षीय चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु भएको छ ।
बा ५ ख ४२७४ नम्बरको बसभित्रै आगो लाग्दा गम्भीर घाइते भएका लामाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेकोछ ।
अस्पतालका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको थियो । घाइते चालकलाई दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो।
सोमबार मध्याह्न त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बसमा आगलागी भएको हो ।