काठमाडौं । आज नियमित रुपमा सेयर कारोबार हुने भएको छ ।
सोमबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडका ७२ कारोबार सदस्यहरुका डाटा सेन्टरको रूपमा रहेको डाटा हबमा देखिएको प्राविधिक समस्या समाधान भएको जनाइएको छ ।
नेप्सेका अनुसार उक्त समस्या समाधान भएसँगै आज पूर्ववत कारोबार संचालन हुनेछ ।