काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले केजीएच ग्रुप अफ होटेल एन्ड रिसोर्टसँग व्यावसायिक सम्झौता गरेको छ ।
योसँगै बैंकका ग्राहकले काठमाडौंको माया मनोर बुटिक होटेल, पोखराको वाटरफ्रन्ट रिसोर्ट र हिमालयन फ्रन्ट रिसोर्टका विभिन्न सेवामा १० देखि ३० प्रतिशतसम्म छुट पाउनेछन् । १० व्यक्तिभन्दा बढीको समूहमा बुकिङ गर्दा एकजनाको बसाइ नि:शुल्क हुने बैंकले जनाएको छ ।
छुट तथा सुविधा लिन ग्राहकले बैंकको मान्य डेबिट वा प्रिभिलेज कार्ड प्रस्तुत गर्नुपर्नेछ । मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा पनि सुविधा लिन सकिनेछ ।
यसैबीच, बैंकले आधारदरमा शून्य प्रतिशत प्रिमियममा अटो लोन समेत सञ्चालनमा ल्याएको जनाइएको छ ।