काठमाडौं । सन् २०२५ मा चीनको बाह्य प्रत्यक्ष लगानी ११.१ प्रतिशतले बढेर २१३ अर्ब ५८ करोड अमेरिकी डलर पुगेको छ ।
चीनको विदेशमा रहेको कुल लगानी ३४ खर्ब अमेरिकी डलर पुगेको छ भने विश्वको कुल बाह्य लगानीमा चीनको हिस्सा ७.४ प्रतिशत रहेको छ ।
चीनको बाह्य लगानी मुख्यत: व्यवसाय तथा भाडा सेवा, थोक तथा खुद्रा व्यापार, उत्पादन र वित्तीय क्षेत्रमा केन्द्रित रहेको जनाइएको छ ।
पछिल्ला वर्षहरूमा हरित तथा न्यून कार्बन क्षेत्र, डिजिटल अर्थतन्त्र र हरित खनिज स्रोतमा समेत चिनियाँ लगानी विस्तार हुँदै गएको छ ।
सन् २०२५ को अन्त्यसम्म चिनियाँ लगानीकर्ताले १८९ देश तथा क्षेत्रमा ५८ हजार विदेशी कम्पनी स्थापना गरेका छन् । ती कम्पनीमा २९ लाख ६५ हजार विदेशी नागरिक कार्यरत रहेको तथ्याङ्कमा उल्लेख छ ।

‘बेल्ट एन्ड रोड’ पहलअन्तर्गतका देशमा पनि चिनियाँ लगानी बढेको छ । सन् २०२५ मा ती देशमा ४६ अर्ब ५ करोड अमेरिकी डलर प्रत्यक्ष लगानी गरिएको थियो, जुन चीनको कुल बाह्य प्रत्यक्ष लगानीको २१.६ प्रतिशत हो ।

ती देशमा करिब २२ हजार चिनियाँ कम्पनी स्थापना भएका छन् भने कुल लगानी ४०७ अर्ब २५ करोड अमेरिकी डलर पुगेको छ ।
