काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार बढेर २ लाख ९५ हजार ७०० रुपैयाँ पुगेको हो ।
महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतिदश ग्राम २ लाख ५३ हजार ५१५ रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य भने घटेको छ ।
बिहीबार तोलामा ४ हजार ३९० रुपैयाँ रहेको चाँदी शुक्रबार घटेर ४ हजार ४०५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ७७७ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।