काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि भइरहेको मतदानको समय बेलुका ७ बजेसम्म थप गरिएको छ।
निर्वाचन समितिले शुक्रबार अपराह्न सूचना जारी गर्दै यसअघि अपराह्न ५ बजेसम्मका लागि तोकिएको मतदानको समय थप गरी बेलुका ७ बजेसम्म कायम गरिएको जनाएको हो।
काठमाडौंको खुलामञ्च र राष्ट्रिय सभागृहमा रहेका मतदान स्थलमा आज बिहानदेखि मतदान सुरू भएको थियो।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सूचना जारी गर्दै सम्पूर्ण महाधिवेशन प्रतिनिधि, मतदाता तथा सरोकारवालालाई मतदानको समय थप गरिएको जानकारी गराएका छन्।