काठमाडौं । आइसिसी विश्व कप लिग २ अन्तर्गत नेपालले घरेलु टोली ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा नेपालको अन्तिम श्रृङ्खलाको दोस्रो खेलमा कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
दुवै टोलीले क्यानडालाई पराजित गर्दै यो श्रृंखलामा १/१ जित दर्ता गरेका छन्। नेपालले श्रृङ्खलाको पहिलो खेलमा क्यानडालाई २४ रनले हराएको थियो। त्यस्तै ओमानले पहिलो खेलमा क्यानडालाई ४१ रनले पराजित गरेको थियो।