काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा ओमानविरुद्ध खराब सुरुआत गरेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले ओमानविरुद्ध सुरुआती १२ओभरमा एक विकेट गुमाएर ४० रन बनायो ।
हाल क्रिजमा रहेका अर्जुन कुमालले १५ रन बनाएका छन् । आशिफ शेख १८ रनमा खेलिरहेका छन् । त्यसअघि पभेलियन फर्किएका ओपनर विनोद भण्डारी ‘डक’ आउट भए । ओमानका निम्ति जितेन रमानन्दीले एक विकेट लिए।