नेपाल माइक्रो इन्स्योरेन्सको सीईओमा गिरी नियुक्त
कर्पोरट खबर
11:11 am, मंगलबार, असोज २७, २०८३
- नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अनिल गिरी नियुक्त भएका छन्।
- सञ्चालक समितिको असोज २५ गतेको बैठकले गिरीलाई सोही मितिदेखि लागू हुने गरी नियुक्त गर्ने निर्णय गरेको हो।
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिल गिरी नियुक्त भएका छन्।
कम्पनीको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले यसै कम्पनीमा कार्यरत गिरीलाई असोज २५ गतेदेखि नै लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।