राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
कर्पोरट खबर
6:15 pm, बुधबार, असोज २८, २०८३
- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका नयाँ गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरे।
- शीतल निवासमा आयोजित विशेष समारोहमा दुवै राजदूतले प्रमाणपत्र पेस गरेका हुन्।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि इन्डोनेसियाका गैरआवासीय राजदूत लिस्त्योवती र युरोपेली सङ्घका राजदूत चाल्र्स ह्वाइटलीले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा दुवै राजदूतले राष्ट्रपति पौडेलसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।