काठमाडौं । निर्देशक झरना थापा, निर्माता सुनिल थापा र नायिका सुहाना थापाले शुभसाइतमा दसैँको टीका तथा जमरा ग्रहण गरेका छन् ।
विजयादशमीका अवसरमा झरना थापाले सबैको जीवनमा नयाँ उमङ्ग, सकारात्मक सोच र सफलताको बाटो खुलोस् भन्ने कामना गरेकी छन् ।
उनले परिवारमा प्रेम, सद्भाव र एकता सधैँ कायम रहोस् भन्दै देश तथा विदेशमा रहेका आफन्तजन, साथीभाइ र शुभचिन्तकहरूलाई विजयादशमीको हार्दिक मंगलमय शुभकामना पनि व्यक्त गरेकी छन् ।