काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका दुई आधारभूत शेयरधनीले आफ्नो स्वामित्वमा रहेको २ लाख कित्ता शेयर बिक्री गर्ने भएका छन्।
कम्पनीका अनुसार विन्दिया प्रधानाङ्ग र सरला देवी प्रधानाङ्गले आगामी तीन महिनाभित्र आफ्नो नाममा रहेको १–१ लाख कित्ता शेयर बिक्री गर्ने मनसायसहित निवेदन दिएका छन्। कम्पनीले दुवै शेयरधनीबाट असोज ३० गते निवेदन प्राप्त भएको जनाएको छ।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कम्पनीका आधारभूत शेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्नुभन्दा १५ दिनअघि जानकारी गराउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार शेयर बिक्री गर्ने मनसायबारे जानकारी गराइएको हो।
