काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले र चाँदी १७५ रुपैयाँले घटेको हो ।
आइतबार सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार चाँदी प्रतितोला ३ हजार ६५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ८७५.५३ अमेरिकी डलर र चाँदी ४९.१२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
