काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई ९.४० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट करसहित उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
लघुवित्तको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ९.४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेसँगै सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।