काठमाण्डौँ — रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको सान्जेन जलविद्युत् आयोजनाको ६५ प्रतिशत काम पूरा भएको छ।
आयोजनामा सुरुङ, पावरहाउस र हेडवक्र्स निर्माण कार्य भइरहेको छ।
आयोजनाको पाँच हजार तीन सय मिटर भूमिगत सुरुङमध्ये चार हजार दुई सय मिटर सुरुङ खनिएको छ ।
तीन हजार ६ सय ४० मिटर मुख्य सुरुङ रहेकामा दुई हजार चार सय ५२ मिटर सुरुङ निर्माण भएको आयोजनाका भूगर्वविद् नवीन वस्तीले बताए।
सुरुङ निर्माणको काम ६७ प्रतिशत पूरा भएको उनको भनाइ छ ।
४२.५ मेगावाट क्षमताको आयोजनाको निर्माण कार्य २०६९ देखि सुरु भएको थियो ।
एसइडब्लू टुन्डी जेभीले निर्माण गरिरहेको आयोजनाले २०७६ फागुनभित्र विद्युत् उत्पादन सुरु गर्नेछ।
आयोजनाको चार चरणमा काम भइरहेको प्रशासकीय अधिकृत सुनिलप्रसाद रेग्मीले बताए ।
— नागरीक
FACEBOOK COMMENTS